मुख्य समाचार

देउवाले भनेः कांग्रेसको आधिकारिक सभापति म नै हुँ

काठमाडौं । शेरबहादुर देउवाले आफू नै कांग्रेसको आधिकारिक सभापति भएको बताएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन । उनले भने, ‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशन पछाडि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ ।’

साथै उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन ।

उनले अगाडि भने, ‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ, हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ । अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै ।’ आफूले यो मुलुकबाट लिनु केही पनि नरहेकाले बाँचुन्जेल सकेको दिने उनले बताए ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम