१२ जेष्ठ २०८१, शनिबार
Follow Us

११ जिल्लामा फेरिए सिडिओ (सूचीसहित)

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७८, आईतवार १०:२८

काठमाडौं । सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरेको छ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सिडिओ बनाइएको छ ।

गृह मन्त्रालयका अनुसार सहसचिवसहित १६ जनाको सरूवा भएको छ । यीमध्ये ११ जना सिडिओ छन् ।

गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई भने भोजपुरको सिडिओ बनाइएको छ । गृहकै सहसचिव जयनारायण आचार्यको जिल्ला प्रशासन कार्यालय कास्कीमा सरूवा भएको छ ।

लमजुङको सिडिओमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनोजकुमार घिमिरे, सप्तरीमा विष्णु लामिछानेको सरूवा भएको हो ।