८ बैशाख २०८१, शनिबार
Follow Us

पिटरवरोमा दशैं भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७८, बुधबार ०२:५८

बेलायतमा नेपालीले मनाए दशैं
लण्डन । पिटरवरोमा रहेका नेपालीहरुले दशैं भव्य रुपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा सोमवार आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लण्डनका द्धितिय सचिव रामबाबु नेपाल, पिटरवरो सिटी काउन्सिलर गुल नवाज, सिटी काउन्सिल सदस्य महम्मद रन्जेब लगायतको अतिथिको रुपमा उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका प्रतिनिधि नेपालले नेपाली दूतावास वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।


तीन सय भन्दा बढी नेपालीको उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिम खनालले दिए ।

पिटरवरो नेपाली समाजलाई आफ्ना गतिविधी गर्नको लागि स्थानिय काउन्सिल हालै मात्र सरकारी भवन उपलब्ध गराएको थियो । कार्यक्रममा सो भवन प्राप्त गर्नको लागि आवश्यक सहयोग गर्ने सबैप्रति संस्थाका निवर्तमान अध्यक्ष शिव भण्डारीले बधन्यवाद प्रकट गरे । कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु, ट्रष्टी, स्थानिय व्यवसायी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्ण लुईटेलले गरेका थिए ।