१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा कोरोना संक्रमण बढेपछि प्रतिबन्धात्मक व्यवस्था लागू गर्न माग

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७८, सोमबार ०३:४३

लन्डन । बेलायतमा कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले सरकारलाई संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रतिबन्धात्मक व्यवस्था प्लान बि लागू गर्न माग गरेको छ । विपक्षी दलले घरबाटै काम गर्न र अनिवार्य मास्कको प्रयोग गर्ने गरी नयाँ प्रतिबन्धको घोषणा गर्न सरकारसँग माग गरेको हो ।

कोरोना विरुद्धको खोप कार्यक्रमलाई अझै प्रभावकारी रुपमा संचालन गर्नुपर्ने माग पनि गरिएको छ । बेलायतमा नेसनल हेल्थ सर्भिसले दवाब कम गर्न कोभिड पासपोर्ट अनिवार्य गरेको छ ।

बेलायतले प्लान ए अन्तर्गत् जोखिम समूहलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिने, १२ देखि १५ वर्षका बालबालिकालाई कोरोनाको एक डोज खोप लगाउने रहेको छ । जसले खोप लगाउन नमान्ने ठूलो जमातलाई खोप लगाउने उत्प्रेरित गर्ने अधिकारीहरुको दाबी छ ।