३ जेष्ठ २०८३, आईतवार
Follow Us

प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

नेपालब्रिटेन संवाददाता
२३ चैत्र २०८२, सोमबार १०:४६

काठमाडौँ । प्रतिनिधि सभाको नयाँ नियमावली बनाउन नियमावली मस्यौदा समिति गठन गरिएको छ ।

सभाको सोमवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली सभापतित्वमा प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको हो ।

नियमावली मस्यौदा समिति गठनका लागि रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले समितिको सभापतिमा गणेश पराजुली र समिति सदस्यहरूको नाम प्रस्ताव गर्नुभएकोमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

समिति सदस्यहरूमा सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखा कुमारी यादव, यज्ञमणी न्यौपाने, सुलभ खरेल रहेका छन् ।

समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्ने छन् ।

धेरै पढिएको