१५ बैशाख २०८१, शनिबार
Follow Us

पाँचथर बस दुर्घटनामा चार जनाको मृत्यु, ६० जना घाइते, १६ जनालाई विराटनगर लगियो

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७८, सोमबार १५:१७

पाँचथर । पाँचथरको शिवाखोलाबाट छुटेको बस केही किलोमिटरमाथि दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । को १ ख ३८६५ नम्बर सखरखण्डे भन्ने ठाउँमा सडकबाट करिव ५० मिटर तल झरेर दुर्घटना भएको थियो । आज बिहान भएको दर्घटनाका कारण दिनभर फिदिमबजार शोकमय बन्यो ।

शिवाखोलामा रहेको पुलमा पहिरोले क्षति पु-यापछि त्यहाँसम्म गाडीमा आएका यात्रुलाई लिएर झापाको विर्तामोड हिँडेको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार सबै यात्रु घाइते भएका थिए । घाइतेहरुको उपचारका लागि अस्प्ताल ल्याउँदा मृत्यु भएको हो ।

कच्चीबाटामा बस दुर्घटनामा परेको थियो । अधिकांश दसैँ मान्न आएर फर्किएकाहरु दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर प्रमिला देवान, निश्चल देवान, प्रज्ज्वल मगर र आशिका बुढाथोकी मगरको मृत्यु भएको छ । दुर्घटना परेर गम्भीर घाइते भएका १२ जनालाई एम्बुलेन्सबाट झापा पठाइएको छ । यस्तै नेपाली सेनाको हेलिकप्टरमार्फत १६ जना घाइतेलाई विराटनगर लागिएको छ । धरान लगिने भनिए पनि राती भएकाले उनीहरुलाई विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

घाइतेलाई पाँचथर अस्पताल, पाथीभरा अस्प्ताल, समर्पित अस्प्तालमा उपचार गरिएको थियो । बाँकी घाइतेको यिनै अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई उपचारका लागि अन्यत्र लैजान एम्बुलेन्स तथा अन्य गाडीको अभाव भएको थियो । अधिकांश घाइते कुम्मायक गाउँपालिका आएका तथा सोही गाउँपालिकाका बासिन्दा हुन् । कच्ची सडकमा दुर्घटना भएको थियो । केही घाइतेको अवस्था गम्भीर रहेको छ ।