१५ बैशाख २०८१, शनिबार
Follow Us

सर्वोच्च बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७८, सोमबार १५:१९

काठमाडौं । पछिल्लो समय कार्यपालिकामा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि प्रश्नहरू उठिरहेका बेला सर्वोच्च अदालत बार एसोसिएसनले राणाको राजीनामा मागेको छ ।

सर्वोच्च बारले आज जारी गरेको विज्ञप्तिमा आज बस्ने भनिएको फुल कोर्टसमेत बसाउन नसकेर प्रधानन्यायाधीश राणाले संविधानको धारा १३६ अनुसारको प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जनाएको छ ।

आज बसेको बैठकले यसअघिका विभिनन समितिका प्रतिवेदन र प्राप्त सल्लाह, सुझावका आधारमा न्यायिक नेतृत्व पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै ‘न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि’ भन्दै प्रधानन्यायाधीश राणालाई ‘मार्गप्रशस्त गर्न’ माग गरेको छ ।