२४ बैशाख २०८१, सोमबार
Follow Us

पत्रकार महासंघ यूकेद्धारा पत्रकार धम्किको भत्सना

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७८, बिहीबार १३:४४

लण्डन । नेपाल पत्रकार महासंघ बेलायतले हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिष्दाहरुद्धारा आयोजित भेलामा पत्रकार माथि भएको अपमानजनक व्यवहार प्रति खेदप्रकट गरेको छ ।

शाखाको तर्फबाट महासचिव नरेन्द्र बस्नेतले विहिवार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई अपमानजनक टिकाटिप्पणी एवं व्यवहार नगर्न चेतावनी दिइएकोछ ।

विज्ञप्तिमा “हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिष्दाहरुद्धारा आयोजित भेला बारे जानकारी दिन २६ अक्टोवर २०२१ का दिन गरिएको भर्चुअल पत्रकार सम्मेलनका क्रममा यस शाखाका पूर्वअध्यक्ष चिरन शर्मा र सल्लाहकार श्याम लुईटेलसहितका पत्रकारहरुप्रति आयोजक समूहका सदस्यहरुबाटै अपमानजनक व्यवहार भएकोप्रति शाखा खेद प्रकट गर्दछ ।
पत्रकार सम्मेलनमा आमन्त्रित रुपमा सहभागी पत्रकारहरुको उचित सममान र प्रश्न सोध्न पाउने अधिकारतर्फ सचेत र प्रतिबद्ध रहन शाखा सम्बन्धित सबैको ध्यानार्कषण गर्दछ ।
पत्रकार र मिडियाहरुसंग सम्बन्धित कुनै पनि गुनासोहरु सभ्य र मर्यादि विधि, प्रक्रियामार्फत सम्बन्धित निकायहरुमै राख्न तथा पत्रकार मिडियाहरु बारे सार्वजनिक रुपमा अपमानजनक टिकाटिप्पणी एवं व्यवहार नगर्न समेत शाखा आग्रह गर्दछ” भनिएको छ ।

यसअघि गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर सो पत्रकार सम्मेलनमा पत्रकारद्धय माथि अर्यादित तथा आपत्तिजनक शव्द प्रयोग गर्दै धम्कि दिएका थिए ।