१६ बैशाख २०८१, आईतवार
Follow Us

वकिलहरूको काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७८, बिहीबार ०४:५३

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलित भएका वकिलहरूले आज काठमाडौँ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा धर्ना दिने भएका छन् ।

नेपाल बार एसोसिएसनले घोषणा गरेको दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिने लागेका हुन् ।

नेपाल बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएका थिए । बारले प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम दिए पनि उनले राजीनामा नदिएपछि आन्दोलन रोकिएको छैन ।