२६ बैशाख २०८१, बुधबार
Follow Us

एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए शपथ

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७८, शनिबार ११:१४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । शपथ पछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका छन् ।