२७ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानन्यायाधीश हटाउन अदालत होइन दलको कार्यालयमा प्रदर्शन गर्न कमल थापाको सुझाव

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०७८, बुधबार १३:२८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउन आन्दोलनरत कानुन व्यवसायीलाई वैधानिक बाटो अपनाउन सुझाव दिएका छन् ।

थापाले वैधानिक बाटो महाभियोग भएको र त्यसबाट हटाउन दलहरु कहाँ जान सुझाव दिएका हुन् । उनले अदालतमा होइन पार्टी कार्यालयमा प्रदर्शन गरेर दबाब बढाउन आग्रह गरेका छन् ।

‘प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो । महाभियोग लगाउने दलले हो,’ उनले भनेका छन्, ‘अधिकांश वकिलहरु दलसँग आबद्ध छन् । बारको चुनाव दलगत आधारमा हुन्छ । त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ,’ उनले भनेका छन् ।