२० बैशाख २०८१, बिहीबार
Follow Us

कानून व्यवसायी र प्रहरीबीच धकेलाधकेल

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७८, आईतवार ११:४३

काठमाडौं । आन्दोलनरत कानून व्यवसायी र प्रहरीबीच आज सर्वोच्च अदालत परिसरमा धकेलाधकेल भएको छ। कानून व्यवसायीहरुको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि धकेलाधकेल भएको हो ।

करिब एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनको आज पनि विरोध प्रदर्शन जारी छ । नेपाल बार एसोसिएसनले आज देशभरका सबै अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहसपैरवी नगर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेपको विरोधमा आज देशैभर बहसपैरवी नगर्ने बारले निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग प्रक्रिया अघि बढाउन माग गर्दै भोली राजनीतिक दलका संसदीय दलका कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि बारले सार्वजनिक गरेको छ ।

साताभरिकै विरोध कार्यक्रम तय गरेको बारले यही मंसिरको २४ गते पोखरामा हुने कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन स्थगित गरिएको जनाएको छ ।