१६ बैशाख २०८१, आईतवार
Follow Us

हेलम्बुमा खाेस्टा राखेकाे गाेठमा आगाे सल्किँदा तीन बालकको मृत्यु

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०७८, मंगलवार ०५:२६

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा आगलागीमा परी तीन बालकको ज्यान गएको छ । हेलम्बु गाउँपालिका ७ सुर्सिङ गाउँको झाक्रिटोलस्थित सञ्च तामाङको गोठमा सोमबार साँझ आगलागी हुँदा बालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षीय छोरा मनिष तामाङ र साइला तामाङको ५ वर्षीय छोरा दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

एक तले गोठमा चुल्होमा रहेको मकैको खोस्टा र सुकेको नल,परालबाट आगो सल्किदा घट्ना भएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।