२७ बैशाख २०८१, बिहीबार
Follow Us

४४ जिल्लाको नतिजा आउँदा देउवा पक्ष २२ जना सभापति विजयी

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार १२:४८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ४४ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २० जिल्लामा सभापति जितेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सर्वसम्मतरूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।

शेरबहादुर देउवा पक्ष
१.शंकर गुरुङ – मनाङ
२. खडक बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमबीर गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल- ओखलढुंगा
१४. डा.टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही
१७. युवराज जोशी – पर्वत
१८. डम्बर खड्का – इलाम
१९. किशोरदत्त बराल – कास्की
२०. तीर्थ लामा – काभ्रे
२१. जितेन्द्र श्रेष्ठ – ललितपुर
२२. पदम बोगटी – कञ्चनपुर

रामचन्द्र पौडेल पक्ष
१. रोमी गौचन थकाली – मुस्ताङ
२. केशरमान रोका – रुकुमपूर्व
३. दीपक खड्का- संखुवासभा
४.नन्दप्रसाद न्यौपाने – गोरखा
५. विष्णु राई – खोटाङ
६.हिमालदत्त श्रेष्ठ -पाल्पा
७. राजु थापा – स्याङ्जा
८. किशोर आचार्य – रोल्पा
९. विष्णुकुमार गिरी – प्यूठान
१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११. विनोद बान्तवा – भोजपुर
१२. केशव श्रेष्ठ – अर्घाखाँची
१३. चतुरबहादुर चन्द – बैतडी
१४. बर्मा लामा – दोलखा
१५. अम्मबहादुर शाही – कालीकोट
१६. रामसिंह रावल – बाजुरा
१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)
१८. मणिराम रेग्मी – दैलेख
१९. शंकरप्रसाद डाँगी – दाङ
२०. रमेश महत – नुवाकोट

कृष्ण सिटौला पक्ष
१. देउमान थेवे – झापा

पक्षधरता नखुलाएका –

१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

२. वेदराज सिंह – जाजरकोट