२७ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस महाधिवेशनमा विदेशी नागरिकतामाथि कडाई

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार १५:३९

लण्डन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन जाने गैरआवासीय नेपालीहरु माथि पार्टीको निर्वाचन समितिले विदेशी नागरिकता लिएकाहरुको हकमा कडाई गरेको छ ।

पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्ट भएका व्यक्तिहरु नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधी र महासमिति सदस्य हुन् नपाउने उल्लेख छ ।

नेपालमा प्रतिनिधि भई भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश गर्नु पर्ने निर्देशन जारी गरिएको छ ।