२७ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले महाधिवेशनः अध्यक्ष पदमा ओली र रावल, उपाध्यक्षमा भुषालको उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७८, सोमबार ०४:५९

सौराहा । नेकपा (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले तथा उपाध्यक्षमा घनश्याम भुषालले उम्मेदवारी दर्ता दर्ता गराएपछि निर्वाचन हुने भएको हो । अध्यक्ष पदका लागि ओलीले रावलको सामना गर्ने छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन् ।

बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

एमाले उपमहासचिव भुसालले उपाध्यक्षमा सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो ।