२२ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकाको आँधीमा कम्तिमा ७० जनाको मृत्यु, केन्टकीमा आपतकाल घोषणा

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७८, आईतवार ०२:३६

न्युयोर्क । अमेरिकाको केन्टकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ ।

आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टकीमा आपतकाल घोषणा गरिएको छ ।

आँधीले दर्जनौ भवनमा क्षति पु–याएको छ । रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन् । राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन् ।