४ माघ २०८२, आईतवार
Follow Us

भारत प्रशिक्षणमा जाने क्रिकेट खेलाडीको नाम सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८२, शुक्रबार १४:०८

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा गरेको छ।

नेपालले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बेंगलुरुमा गर्नेछ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यही जुलाई २१ देखि अगस्ट ३ सम्म दोस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन हुनेछ।

पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका १२ खेलाडीले भने नेपालमै अभ्यास गर्ने क्यानको भनाइ छ।

बन्द प्रशिक्षणका लागि कुशल भुर्तेल, आसिफ सेख, लोकेश बम, रोहित पौडेल, अनिल शाह, भीम सार्की, आरिफ सेख, दिपेन्द्रसिंह ऐर, कुशल मल्ल, रुपेश सिंह, विवेक यादव, रिजन ढकाल, प्रतिस जिसी, नन्दन यादव, युवराज खत्री, साहेब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द, शुभ कंशकार रहेका छन् ।

धेरै पढिएको