२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपाली कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

नेपालब्रिटेन डट कम्
१ पुष २०७८, बिहीबार ०९:१०

नेपाली कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन्। यद्देपी निर्वाचन समितिले मतपरिणाम घोषणा गर्न बाँकी छ। गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन्।

गगनले भने सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए। शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो। महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिएका थिए । डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका हुन्।

नेपाली कांग्रेस महामन्त्रीको अन्तिम मत परिणामः

कुल मतसंख्याः ४६८२
गगन कुमार थापा ३०२३
प्रकाश शरण महत १५५०
प्रदिप पौडेल १४०९
मिनेन्द्र रिजाल ८०९
राजाराम कार्की १०७
विश्व प्रकाश शर्मा १९८४