७ जेष्ठ २०८१, सोमबार
Follow Us

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७८, बिहीबार ०४:४०

काठमाडौं । सर्वोच्च अदालतले कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराज गुरुमुखको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि उक्त मुद्दाको पेशी तोकिएकोक थियो ।

न्यायाधीशद्वय श्रेष्ठ र सुवेदीको संयुक्त इजलासले चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको सर्वोच्चले जनाएको छ । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले शोभराजको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो ।

शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो । कानुनी व्यवस्था अनुसार ७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असर चालचलन भए ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने व्यवस्था छ ।