लण्डन । लण्डनस्थित नेपाली दूतावासले राजश्व संकलन बैंकिङ माध्यम मार्फत मात्र गर्ने भएको छ ।
दूतावासले सोमवार एक सूचना जारी गर्दै बैंक कार्डमार्फत राजश्व रकम भुक्तानी गर्न सेवाग्राहीलाई आग्रह गरेको हो ।
दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजश्व रकम २६ जनवरी देखि लागू हुने गरी अनिवार्य रुपमा बैंक कार्ड मार्फत लिइने दूतावासले जनाएको छ ।