१५ बैशाख २०८१, शनिबार
Follow Us

सबैलाई खुशी पार्न सकिन्न् निर्वाचन हुनु पर्छ : दिल गुरुङ, एनआरएनए पूर्व संरक्षक

नेपालब्रिटेन डट कम्
१४ माघ २०७८, शुक्रबार ११:३३

लण्डन । गैरआवासीय नेपाली संघका अग्रज दिल बहादुर गुरुङले संघको निर्वाचन तत्काल हुनु पर्नेमा जोड दिएका छन् ।

संघको पूर्व संरक्षक समेत रहेका जर्मनमा स्थापित व्यवसायी गुरुङले एनआरएनए फुट्छ भनेर १० औं महाधिवेशनको निर्वाचन रोक्नु गलत भएको बताए ।

गुरुङले सबैलाई खुशी पारेर निर्वाचनमा जान्छु भन्नु गलत भएको भन्दै विधि र प्रकृयाभित्र रहेर संघको निर्वाचन प्रकृया अघि बढाउन अध्यक्ष कुमार पन्तलाई सुझाव दिए । कुनै एक उम्मेदवारले मानेन भनेर अधिवेशन रोक्न कार्य गलत भएको गुरुङको भनाइ छ ।

उनले सबैलाई खुशी पार्न खोज्दा संस्थाको विधान विपरित हुने बताए ।

उनले निर्वाचन प्रकृया, विधिविधान र अनुशासनभित्र रहेर बस्न सबैलाई आग्रह गरे ।

गुरुङले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन सम्बन्धीत देशमा एक समिति गठन गरेर अघि बढ्न सकिने तर्क गरे ।

उनले सबै पक्षले विधान माने देखि महाधिवेशन प्रतिनिधि विवाद दुई हप्ताभित्र मिलाउन सकिने बताए ।

एनआइएसमा देखिएका आसंकाहरु समेत प्राविधिकहरुलाई अडिट गर्न दिएर समस्याको समाधान गर्न सकिने उनको तर्क छ ।
गुरुङ गैरआवासीय नेपाली संघ जर्मनीका संस्थापक अध्यक्ष समेत हुन् ।