२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आजबाट शैक्षिक संस्था खुले

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७८, आईतवार ०५:२६

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै बन्द भएका शैक्षिक संस्थाहरू आजबाट खुलेका छन् । पालो मिलाएर स्वास्थ्य मापदण्ड अपनाउँदै कक्षा सुरु गर्न कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सरकारलाई सिफारिस गरेको थियो ।

अधिकांश शैक्षिक संस्थामा आजबाट भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू भएको हो । माघको पहिलो सातामा सरकारले विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन गर्न रोकेको थियो ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो।