१६ बैशाख २०८१, आईतवार
Follow Us

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता, ९८ सांसदकाे हस्ताक्षर

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७८, आईतवार ०६:२०

काठमाण्डौं । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा विरुद्ध महाअभियोग दर्ता भएको छ । उनी विरुद्ध ९५ जना सांसदको हस्ताक्षर सहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ । नेपाली कांग्रेसकी सचतेक पुष्पा भुषाल,एकिकृत समाजवादीका जिवनराम श्रेष्ठ र माओवादी केन्द्रका देव गुरुङ्गले महाअभियोग दर्ता गराएका हुन ।

प्रधानन्यायाधिशले राजीनामा दिनुपर्छ भनेर नेपाल वार एशोसिएसनले आन्दोलन जारी राखेको बेलामा महाअभियोग दर्ता भएको हो । प्रधानन्यायाधिशले कार्यपालिकमा पनि हिस्सा खोजेको भन्दै उनी विरुद्ध राजनीतिक पार्टीहरु आक्रोशित भएका थिए ।