२३ बैशाख २०८१, आईतवार
Follow Us

च्याम्पियन्स लिग: अन्तिम १६ को खेलमा चेल्सी विजयी

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०७८, बुधबार ०५:२०

लन्डन । च्याम्पियन्स लिग फूटबलको अन्तिम १६ को खेलमा चेल्सी विजयी भएको छ । पहिलो लेगअन्तर्गत इंग्लिस क्लब चेल्सीले फ्रान्सेली क्लब लिलेमाथि २–० को जित निकालेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीको जितमा काई हाभर्ट्ज र क्रिष्टियन पुलिसिकले गोल गरे ।

हाभर्ट्जले आठौं मिनेटमै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६३औं मिनेटमा पुलिसिकले चेल्सीको अग्रता दोब्बर बनाएका थिए । लिलेको मैदानमा दोस्रो लेगको खेल मार्च १७ तारिखमा हुनेछ।

यस्तै अर्को खेलमा स्पेनिस क्लब भिल्लारियाल र इटालियन क्लब युभेन्ट्सले १–१ गोलको बराबरी खेले । अवे मैदानमा युभेन्ट्सका लागि डुसान भ्लाहोभिकले खेलको पहिलो हाफमै गोल गरेका थिए ।

उनले खेल शुरू भएको ३२ सेकेण्डले गोल गर्दै च्याम्पियन्स लीगमा डेब्यु गर्ने खेलाडी मध्ये सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाए । तर ६६ औं मिनेटमा भिल्लारियालका डानी परेजोले गोल गर्दै खेल बराबरी गरे ।