३० बैशाख २०८१, आईतवार
Follow Us

कांग्रेस अछाममा आज पुनः मतदान

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७८, सोमबार ०५:१९

अछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलाे चरणकाे चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिकाे प्रयास भएकाे थियाे ।

सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलाे चरणबाट बाहिरिसकेका छन् । सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हाे । पहिलाे चरणकाे चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।