२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए सचिवमा रामशरण सिमखडाले दिए उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७८, सोमबार ११:१०

लण्डन । गैरआवासीय नेपाली संघको सचिव पदमा रामशरण सिमखडाले उम्मेदवारी दिएका छन् । उनले सोमवार संघको निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दिएका हुन् ।

गैरआवासीय नेपाली संघको स्थापनादेखि नै प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न बेलायतबासी रामशरण सिम्खडा सन् २००५ मा एनआरएन यूके स्थापनाकालका सक्रिय संस्थापक सदस्य हुन् । सन् २०११ मा एनआरएन यूकेको महासचिव पदमा निर्वाचित भएका विभिन्न चरणमा निर्वाचन आयुक्त तथा सल्लाहकारको भूमिका निर्वाह गरेका छन् । सन् २००५, २०११ र २०१९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान समितिमा महत्वपूर्ण भूमिकामा रहेका सिम्खडाले आइसीसी सदस्यको रुपमा सफलतापूर्वक २ कार्यकाल पूरा गरेका छन् ।

प्रष्ट वक्ताका रुपमा परिचित सिम्खडा संस्थागत विकासमा दक्षता हासिल गरेका व्यक्तित्व पनि हुन् । संस्थाको आन्तरिक मामिलामा राम्रो दख्खल राख्ने सिम्खडाले विधान समितिको सह–संयोजकको भूमिकामा रही वर्तमान विधान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । संघको १० औँ महाधिवेशन एवं निर्वाचनमा सचिवका रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका सिम्खडा विधानको सर्वोच्चता र विधीको शासन स्थापित गर्न आफ्नो उम्मेदवारी महत्वपूर्ण ठान्छन् ।