ताजा खबर

नेपाल चेम्बर अफ कमर्सको दक्षिण सुडानको व्यापार प्रतिनिधिमा रामप्रसाद पाध्या नियुक्त

काठमाडौं । गैरआवासीय नेपाली संघ साउथ सुडानका अध्यक्ष रामप्रसाद पाध्यालाई नेपाल चेम्बर अफ कमर्सले दक्षिण सुडान गणराज्यका लागि मानार्थ व्यापार प्रतिनिधिको रूपमा नियुक्त गरेको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ र दीपक मल्होत्राको उपस्थितिमा उनलाई उक्त नियुक्ति प्रदान गरिएको हो।

इन्फ्रा नेपाल इन्भेस्टमेण्ट कम्पनीका अध्यक्ष समेत रहेका पाध्याले नेपाल चेम्बर अफ कमर्सप्रति आभार व्यक्त गर्दै नेपाल र दक्षिण सुडानबीच पारस्परिक व्यापार र व्यापारिक क्षेत्रहरूमा सहजीकरण गर्न आफू लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। व्यवसायी पाध्या साउथ सुडानको जुवामा झण्डै दुई दशकदेखि व्यवसाय गर्दै आएका छन्।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता