२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७८, मंगलवार ०८:२३

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनको लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रवीना थापाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

मंगलबार विहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसअघि उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले एनआरएनमा १ लाख ५ हजारमात्र सदस्य रहेको बताउँदै उनले आफू अध्यक्षमा निर्वाचित भए सदस्य संख्या १५ लाखसम्म पु¥याउने लक्ष्य रहेको बताएकी थिइन् ।

उनले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउनेसमेत बताइन्। ।

विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने योजनासमेत आफूसँग रहेको सुनाइन्। विदेशबाट एकजना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ।

यसैबीच संघको निर्वाचन समितिले २१ र २२ मार्च हुने भनिएको निर्वाचन तालिका हेरफेर गर्दै मार्च २४ र २५ तारिख हुने जनाएको छ । संघको ५१ पदाधिकारीको लागि हिजो देखि सुरु भएको उम्मेदवारी दर्ता ११ मार्च सम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । आज सम्म करिब डेढ दर्जन पदाधिकारी उम्मेदवारी दर्ता गराएका छन् ।