३१ बैशाख २०८१, सोमबार
Follow Us

आयोगले दियो ७९ दललाई स्थानीय तह निर्वाचनका लागि मान्यता

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १४:२१

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो ।

आयोगमा १ सय १० दल दर्ता भए पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० दलले निवेदन दिएका थिए । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता आह्वान गरेको थियो ।