१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचनमा ३०९८ मात्र योग्य मतदाता

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७८, आईतवार ०५:५५

लण्डन । गैरआवासीय नेपाली संघको २४ र २५ तारिख हुने निर्वाचनमा ३०९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका छन् ।

संघको निर्वाचन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र शेल्फीमा नलिएका मतदाताहरुलाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५९० जनाको नाम सार्वजनिक गरेको थियो ।

करिब १५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरुलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनए मार्फत शेल्फि लिन चुके पछि सूचिबाट नाम हटाइएको हो ।
संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुदैछ । अनलाइन मार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्म अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाबीच निर्वाचन हुदैछ ।