लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा असन्तुष्ट रहेको पूर्वअध्यक्ष शेष घले समूह संस्थाको नेतृत्व निर्वाचन मार्फत चयन भए मूलधारमा आउने भएको छ ।
स्रोतका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन रोक्न यसअघि उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेश खारेज गरिदिए पछि घले समूहले नयां रणनीति लिएको हो ।
घले समूहका एक नेताका अनुसार घले विधि र विधानको लागि संर्घष गरेका हुन्, निर्वाचन मार्फत अध्यक्ष चयन भए उनी मूलधारमा आउन सक्छन् ।
स्रोतले भन्यो ‘कुल आचार्यले विधि र विधान मिचेर निर्वाचन गर्न लागिएको भन्दै घलेलाई एनआरएनएको विवादमा मुछेका थिए तर अन्तिम समयमा आचार्यले धोका दिए पछि सहमतिमा अध्यक्ष चयन गरेमा त्यसको प्रतिवाद गर्ने तयारी छ’ ।
घले समूहले निर्वाचन मार्फत डा. बद्री केसी वा रविना थापा मध्ये एक जना निर्वाचन मार्फत आए स्वीकार गर्ने तर सहमतिको आधारमा कुल आचार्यलाई अध्यक्षमा कुनै पनि हालतमा नमान्ने रणनीति लिएको छ ।
यसअघि आचार्यले घलेद्धारा आयोजित एक भेला बहिस्कार गर्दै बहुअध्यक्ष प्रणाली स्वीकार गर्दै तीन जना मध्येको एक अध्यक्ष हुन् राजी भएका थिए ।
संघको १० औं महाधिवेशन शनिबारदेखि होटल हिमालयमा हुँदैछ। संघले रोकिएको निर्वाचन पनि महाधिवेशनमै गर्ने तयारी गरिएको छ ।