काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे ।
निर्धारित र अतिरिक्त समयमाको खेल ११ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।
दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे ।
मोरक्कोका नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्कियो ।
नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए ।
नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्टले पनि पेनाल्टी पोस्टमा लागेर बाहिरियो भने क्विन्टन टिम्बरको प्रहार पनि बाहिरियो । क्रइसेन्सियो समरभिलको प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले बचाए ।
त्यसअघि ग्वाडालाजार स्टेडियममा कोडी गाक्पोको ७२औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । उनको क्राईसेन्सियो समरभिलको पासमा गोल गरेका हुन् ।
तर नेदरल्यान्ड्सले अन्तिम ससमयमा अग्रता जोगाउन नसक्दा मोरक्कोले इन्जुरी टाइममा गोल फर्काएको थियो ।
इसा डिओपले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका हुन् । उनले चेम्सडाइन ताल्बीको पासमा गोल गरेका हुन् ।