२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए सम्मेलन : वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७८, शनिबार १२:४६

लण्डन । गैरआवासीय नेपाली संघको वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

शनिवार देखि काठमाण्डौंमा जारी संघको १० औं महाधिवेशनले ती प्रतिवेदनहरु पारित रहेको हो ।

महाधिवेशनमा संघका महासचिव डा. हेम राज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

डा. शर्माले संस्थागत विकास तथा कोरोना महामारीबीचमा संघले गरेका प्रगति विवरण पेश गरेका थिए ।