२७ असार २०८२, शुक्रबार
Follow Us

एनएनआरएमा मोडालिटी परिवर्तन गर्न आवश्यक : पूर्व अध्यक्ष भट्ट

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७८, शनिबार २१:०८

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्व अध्यक्ष भवन भट्टले संघ १८ वर्षको सुन्दरी भएकाले आफ्नो बनाउन खिचातानी भएको बताएका छन्।

शनिवारदेखि सुरु भएको संघको १० औँ अन्तराष्ट्रिय महाधिवेशनमा बोल्दै भट्टले संघ ठूलो डायस्पोसा रहेको बताएका हुन्।

‘एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन त्यसलाई तेत्रायुग नै मानौँ’ भट्टले भने, ‘मेरो पालामा शेषजीसँग निर्वाचन भयो, त्यसलाई द्वापर युग मानौँ, अहिले विवाद देख्दा कलियुग जस्तो लागेको छ।’

कुण्ठा फालेर बस्न कसैलाई जरुरी नभएको उनले बताए। कुण्ठाकै कारण एनआरएनमा विवाद आएको उनको भनाइ छ।

अब एनएनआरएमा मोडालिटी परिवर्तन गर्न आवश्यक भइसकेको उनले बताए।

धेरै पढिएको