२० बैशाख २०८१, बिहीबार
Follow Us

एनबिसी र कोडेक यूकेले नेपाली नयां वर्षमा च्यारिटी गर्ने

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७८, मंगलवार १९:४९

लण्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबिसी) र कोडेक यूकेले नेपाली नयां वर्षको अवसरमा च्यारिटी साँझको आयोजना गर्ने भएका छन् ।

युक्रेन र रुसबीचको युद्धमा प्रभावितहरुको सहयोगार्थ आयोजना हुने सो च्यारिटी कार्यक्रम आगामी १० अप्रील, आइतवारका दिन लण्डनस्थित ह्यारो फुटवल कल्वमा हुने एनबिसी र कोडेक यूकेले मंगलवार एक संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा एनबिसी युकेका अध्यक्ष राजेन्द्र ओझाले सो च्यारिटी कार्यक्रमको तयारीको बारेमा प्रकाश पारेका थिए ।

उनले संस्थाले यसअघि नेपालमा बिभिन्न क्षेत्रमा च्यारिटीको काम गर्दै आएकोमा यस पटक युक्रेन युद्धमा परेकाहरुको लागि सहयोग गर्ने योजना रहेको जनाए ।

कोडेक यूकेका अध्यक्ष अरुण चालिसेले संकलित रकम पूर्ण रुपमा मानवियकार्यमा सदुपयोग गरिने प्रतिबद्धता जनाए ।

पत्रकार सम्मेलनमा एनबिसी यूकेका समिर प्याकुरेलले दुवै संस्थाको सकृयतामा आयोजना हुने सो परोपकारी कार्यमा सहयोगको लागि अपिल गरे ।

डिनर एण्ड डान्स सहित विविध सांस्कृति कार्यक्रमको समेत प्रस्तुती रहने कार्यक्रममा प्रवेश शुल्क २० र १५ पाउण्ड तोकिएको छ ।

पत्रकार सम्मेलनमा एनबिसी यूकेका सचिव रविन्द्र अधिकारीले कार्यक्रमको बारेमा बिस्तृत जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रतिमा दाहालले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रम संचालन जगन कार्कीले गरेका थिए । पत्रकार सम्मेलनमा एनबिसी यूकेका पूर्वअध्यक्ष मिलन घिमिरे समेतको उपस्थिती थियो ।