२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएलाई मातृभूमीको विकासमा लाग्न कांग्रेस नेता पौडेलको आग्रह

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७८, बिहीबार १५:०६

काठमाडौं । गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भएको छ । पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नव निर्वाचित अध्यक्ष कुल आचार्यसहितका पदाधिकारीहरु पुग्नु भएको हो ।

सो अवसरमा अध्यक्ष आचार्यले एनआरएनएले गर्ने कामहरुका विषयमा वरिष्ठ नेता पौडेललाई जानकारी गराएका गराउनु भएको थियो। पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिनु भएका एनआरएनएका पदाधिकारीहरुले सबैसँग पशुपतिमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलव्ध गराईदिन, गैर आवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना गर्न माग गर्दै आउनु भएको छ ।

जवाफमा वरिष्ठ नेता पौडेलले सत्तारुढ गठवन्धन एनआरएन प्रति सकारात्मक रहेको बताउनु भयो । साथै उहाँले समस्याका बाबजुत पनि एनआरएनलाई एक बनाएर अघि बढाएकोमा धन्यवाद दिँदै अब काम गरेर देखाउन आग्रह गर्नु भयो ।

उहाँले अब विदेशमा बस्ने नेपालीहरु सबैलाई संगठिन बनाएर मातृभूमी नेपालको विकासका लागि सहयोग गर्न आग्रह पनि गर्नु भयो । साथै उहाँले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि एनआरएनएले योगदान गर्नुपर्नेमा जोड दिनु भएको थियो ।