२७ बैशाख २०८१, बिहीबार
Follow Us

पाँच दलीय गठबन्धनको बैठक आज पनि, सर्ला चुनाव ?

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७८, मंगलवार ०५:१७

काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेलका विषयमा आज पनि सत्ता गठबन्धनबीच छलफल हुने भएको छ । स्थानीय तहको निर्वाचन सार्नका लागि अनौपचारिक र आन्तरिक छलफल भइरहेको चर्चाबीच पाँच दलीय सत्ता गठबन्धनको बैठक आज फेरि बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजेका लागि बोलाइएको छ ।

बैठकमा चुनावी तालमेलको मापदण्डबारे छलफल हुने छ भने कहाँ कसरी तालमेल गर्ने, कसले, कसलाई, केका आधारमा छोड्ने भन्नेबार कुराकानी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ । हिजो बसेको सत्ता गठबन्धनको बैठकले अवस्था र ठाउँ अनुसार तालमेल गर्ने भन्दै सोही अनुसार अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरेको थियो ।