२६ बैशाख २०८१, बुधबार
Follow Us

फिलिपिन्समा आँधी कारण २५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७८, मंगलवार ०५:२३

फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो । भारी वर्षासँगै आएको मेघी नामको आँधीका कारण १३ हजार मानिस विस्थापित भएका छन् । आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेकाले सयौं सवारीसाधनमा क्षति पुगेको छ ।

बिजुली आपूर्ती बन्द हुनुका साथै यातायात सेवा समेत प्रभावित भएको छ । आँधी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। भारी वर्षा र आँधी अझै केही दिन रहने भन्दै सचेत रहन अपील गरिएको छ । फिलिपिन्समा विगत ४ महिनामा आएको यो दोस्रो शक्तिशाली आँधी हो । गत डिसेम्बरमा आएको राइ नामक आँधीले ३ सय ७५ जनाको मृत्यु भएको थियो भने ५ लाख सर्वसाधारण समेत प्रभावित भएका थिए ।