२८ असार २०८२, शनिबार
Follow Us

एनआरएनए बैठक : शुल्क नतिर्ने पदाधिकारी लाजै नमानी बैठकमा उपस्थित

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७९, शनिबार १८:२७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहिलो पदाधिकारी बैठक शनिवार सम्पन्न भएको छ ।

संघका प्रवक्ता सोम सापकोटाका अनुसार संघका १३४ जना पदाधिकारी मध्ये १०२ जना पदाधिकारीहरुको उपस्थिती थियो । करिब ६ घण्टा चलेको बैठकमा ८० जनाले पदाधिकारीहरुले आआफ्नो भनाई राखेका थिए ।

बैठकमा बोल्ने वक्ताहरुले संघलाई विधि सम्मत चलाउनु पर्ने, सदस्यता शुल्क नतिर्ने राष्ट्रि«य समिति र उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारीलाई कार्यवाही गर्नु पर्ने, चुनावी तिक्ततालाई समाप्त गर्दै अघि बढ्नु पर्नेमा भनाईहरु राखेका थिए ।

बैठकले युके, अमेरिका, जापान र युएई राष्ट्रिय समितिमा रहेको समस्या समाधान ३० अप्रीलभित्र गर्नको लागि क्षेत्रीय संयोजकहरुलाई आग्रह गरेको छ । बैठकले नेपालमा हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको तर्फबाट सहभागी गराउनको लागि सबै पक्षलाई आग्रह गर्ने निर्णय भएको छ ।

सापकोटाका अनुसार संघको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी ११ अक्टोवर २०२३ मा काठमाण्डौंमा गर्ने निर्णय गरेको भएको छ ।


बैठकले पन्जिकृत सदस्यहरुको शुल्क नतिर्ने राष्ट्रिय समितिहरु अमेरिका, जापान, युएई, यूके र उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारीहरुलाई समेत आगामी आइसीसी बैठक अगावै शुल्क तिर्न आग्रह गरेको छ ।

सापकोटाका अनुसार तोकिएको समयभित्र शुल्क नतिरेका पदाधिकारी र विधानअनुरुप योग्यता नपुगेका पदाधिकारीहरुको पद विधानअनुरुप खारेज गरि अघि बढ्ने बैठकले निर्णय भएको छ । संघभित्र योग्यता नपुगेका र उम्मेदवारी शुल्क नतिर्ने अझै करिब २० जना पदाधिकारीहरु रहेको बताएको छ ।

बैठकले विधान अनुरुप क्षेत्रीय समिति संचालन गर्नको लागि क्षेत्रीय संयोजकहरुसंग समन्वयन गरि निर्देशिका तयार गर्न संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजत्वमा एक समिति गठन गर्ने निर्णय भएको छ ।

गैरआवासीय नेपाली संघको ८४ औं बैठक अप्रील ३० तारिख बस्दैछ । पदाधिकारी बैठकले संघको आगामी आइसीसी बैठकमा उपाध्यक्षहरुको कार्यविभाजन, आइसीसी सदस्य मनोनयन, सल्लाहाकार चयन, संरक्षक परिषद गठन लगायतका विषयलाई एजेण्डाको रुपमा प्रस्तुत गर्न सुझाव दिएको छ ।

बैठकमा अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा. बद्री केसी लगायतका पदाधिकारीहरुको उपस्थिती थियो ।

धेरै पढिएको