२२ बैशाख २०८१, शनिबार
Follow Us

गोर्खाली समाज यूकेको अध्यक्षमा अशोक ढकाल सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७९, शनिबार १८:३४

लन्डन । गोर्खाली समाज यूकेमा नयां नेतृत्व चयन भएको छ । शनिबार लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा सम्पन्न समाजको आठौं अधिवेशनले अशोक ढकालको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो । ढकाल यसअघि तीन पटक महासचिव भइसकेका थिए ।

अध्यक्षका अर्का दावेदार हेमकुमार गुरुङ अन्तिममा ढकाललाई नै जिम्मेवारी सुम्पन राजी भएपछि निर्वाचनमा जानु परेन ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा हेमकुमार गुरुङ, महिला उपाध्यक्षहरु टकमाया गुरुङ र माया गुरुङ मिचेल एवं कोषाध्यक्षमा सागर ढकाललाई सर्वसम्मत निर्वाचित गरेको छ । बांकी सदस्यहरु समाजको पहिलो बैठकले मनोनयन गरि कार्यसमितिलाई पूर्णता दिइनेछ ।

प्रमुख निर्वाचन आयुक्त भरत रोकाले नयां कार्यसमिति घोषणा गरेका थिए । निर्वाचन समितिमा विष्णु तामाङ, सुरबहादुर घले, शकुन्तला गुरुङ र जगत थापा आयुक्त थिए ।

नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाको उद्देश्य र मर्म अनुरुप अगाडि बढ्ने जनाउंदै खातामा हाल रहेको ७७ लाख रुपैयांलाई एक करोडसम्म पुरयाइ कोषको सही सदुपयोग र पारदर्शीता अपनाउने, सदस्यता विस्तार, जुलाइमा समर भेटघाट लगायतका मुख्य प्राथमिकता सुनाए ।

उनले आफूलाई अध्यक्ष निर्वाचित गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार पनि व्यक्त गरे ।

अधिवेशन पर्यवेक्षण गर्न प्रमुख पर्यवेक्षकहरु आशिषराज पन्त, पर्यवेक्षक विकल आचार्य, राजकुमार गुरुङ, ऋषि खनाल र धनबहादुर घलेको टिम खटिएको थियो ।