२२ बैशाख २०८१, शनिबार
Follow Us

छुट्टाछुट्टै भएका दूर्घटनामा छ जनाको मृत्यु,

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७९, मंगलवार ०५:३९

गोरखा- गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी हिजो साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।

बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उहाँले बताउनुभयो ।

यसैबीच मकवानपुरको मकवानपुरगढी १ घट्टेपाखास्थित रास्ट्रीय गौरवको आयोजना काठमाण्डौँ-तराई द्रुतमार्ग निर्माणस्थलमा माटो फाल्ने क्रममा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ कामदारको मृत्यु भएको छ ।

दुर्घटनामा एक नेपाली नागरिक तथा दुई चिनियाँ नागरिक गरि तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।