१५ चैत्र २०८०, बिहीबार
Follow Us

शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०७९, बुधबार ०२:४७

नयाँ दिल्ली । लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । मंगलबार राति गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।

लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । गुजरातका राशिद खानले ४ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन जोडेको थियो । गुजरातका शुबमन गीलले सर्वाधिक ६३ रन बनाए । यस्तै डेभिड मिल्लरले २६ रनको योगदान गरे ।

जितसँगै गुजरात १२ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ । लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा छ । आईपीएलमा नयाँ टोलीको रुपमा भित्रीएका गुजरात र लखनउको पहिलो वर्षनै उच्च लयमा छन् ।