९ जेष्ठ २०८१, बुधबार
Follow Us

लण्डनमा गणतन्त्र दिवस, एनआरएनए अध्यक्ष आचार्य सम्मानित

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७९, आईतवार १६:१४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई जनसम्पर्क समिति बेलायतले सम्मान गरेको छ ।

अध्यक्ष आचार्यलाई समितिले आइतवार लण्डनस्थित फेलथाममा गणतन्त्र दिवसको अवसर पारेर एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयां प्रावधानहरु गैरआवासीय नेपालीहरुको हितमा रहेको बताए ।

उनले सरकारले ल्याएको खुल्ला नीतिका कारणले अब देखि विदेशी नागरिकले समेत नेपालमा फल्याट किन्न सक्ने कानुन बनेको बताए । सरकारले आइतवार प्रस्तुत गरेको बजेटमा गैरआवासीय नेपालीहरुको लागि एक दर्जन भन्दा बढी सुविधाहरु घोषणा गरेको प्रति आचार्य स्वागत गरे ।

उनले गैरआवासीय नेपाली संघसँस्था ठूलो भएको कारणले वेलावेलामा समस्या देखिए पनि राष्ट्रको समृद्धिको लागि एक भएर अघि बढ्न आब्हान गरे । उनले संसदको चालु अधिवेशनबाट एनआरएनए नागरिकता पारित हुनेमा विश्वास गर्दै यदि यो संसदले टुंग्लो लगाउन नसके अध्यायदेशको विकल्पमा जानु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नेपालमा संघियता सफल हुदै गएको बताए । उनले संघियताको सफलता पछि भारतको गुजराज र बिहार राज्यले गरेको सफलता हेरेर नेपालले पाठ सिक्नु पर्ने तर्क गरे । उनले भारतको विकास गैरआवासीय इन्डियनहरुको ठूलो भूमिका रहेको बताउंदै गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे । उनले विदेशमा बस्ने नेपालीहरुको लागि आवश्यक कानुन निर्माण लगायतका मुद्धामा सरकार सहयोग गर्न तयार रहेको विचार व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आए पछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए । उनले निर्वाचनसंगै युवाहरुको आगमनले नेपाली राजनीतिमा चुनौति थपिएको बताए । उनले गैरआवासीय नेपालीहरु फुट्न हुन्न भन्ने न्युनतम आधार मानेरनै संघको गत १० औं महाधिवेशनबाट सहमतिबाट नेतृत्व चयन गरिएको बताए ।

कुश बस्नेतले संचालन गरेको कार्यक्रममा समितिका उपसभापति प्रवेश केसी, प्रेश युनियन बेलायतका सभापति बिपीन निरौला, रोमियन लिम्बु लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई, गोर्खाअभियान्ता सूर्य नेग्वाङ लगायत जनसम्पर्क समिति बेलायतका पदाधिकारीहरुको उपस्थिती थियो ।