२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएले हटायो योग्यता नपुगेका ११ पदाधिकारी

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७९, सोमबार ००:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ११ जना पदाधिकारीहरुलाई हटाएको छ ।

गैरआवासीय नेपाली संघको विधान अनुरुप योग्यता नपुगेका तर संघको ११ औं महाधिवेशनमा नाम घोषणा भएका ती पदाधिकारीहरुलाई संघले आफ्नो पदाधिकारी सूचिबाट हटाएको हो ।

महासचिव डा. केशव पौडेल र गौरीराज जोशीले गतसात एक परिपत्र जारी गर्दै संघको विधान २००३ (संशोधित २०२१) को धारा १५.५.२ र १७.५.४ मा प्रावधान भए बमोजिम ती पदाधिकारीहरुको योग्यता नपुगेको जनाएका छन् ।

संघको विधान अनुरुप योग्यत नपुगेका पदाधिकारीहरुमा डा. सरिता भट्टराई (साउथ अफ्रीका), सजनी कार्की (कतार), सागर उप्रेती (नाइजेरिया), सुरेस गिरी (जापान), सुवास केसी (बहाइन), बन्दना शर्मा (कतार), सानोबर झान (कतार), राजन क्षेत्री कुँवर (कोरिया), विजय धामी (कुवेत), मीनराज वाग्ले (कतार), र तुला भट्चन (क्यानाडा क्षेत्रिय उपसंयोजक) रहेका छन् ।
यसअघि संघको पदाधिकारी बैठकले योग्यता नपुगेका र उम्मेदवारी शुल्क नतिरेका पदाधिकारीहरुलाई संस्थाको सूचिबाट हटाउने निर्णय गरेको थियो । संघले उम्मेदवारी शुल्क नतिरेकाहरुको नाम समेत हटाउने तयारी गरेको छ ।