२७ श्रावण २०८२, मंगलवार
Follow Us

स्कटल्याण्डमा रविको पक्षमा ५ सय हस्ताक्षर

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८२, सोमबार २३:३४

लण्डन । पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षमा स्कटल्याण्डमा रहेका ५ सय जना नेपालीले हस्ताक्षर गरेका छन् । सोमवार राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्यान्डको कार्यालय उद्घाटन कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्यान्डका अध्यक्ष गोकर्ण भुसालको सभापतित्वमा नेपालबाट आएका बुबा कुँविर खरेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। पार्टीका अध्यक्ष गोकर्ण भुसालले रिबन काटेर पार्टी कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी छविलाल अर्याल, विशिष्ट अतिथि कुँविर खरेल, रामप्रसाद कँडेल, मिन खरेल लगायत युवा समाजसेवी व्यक्तित्वहरू बाक्लो उपस्थितिमा सहभागी हुनु भएको थियो। पार्टीका अध्यक्ष र सबै अतिथिहरूको उपस्थितिमा दोस्रो बैठक तथा पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको जानकारी गराउँदा हामी निकै हर्षित छौं।

पार्टीका सहसचिव भोजराज खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्यान्डको लागि आफ्नै निवासमा पार्टी कार्यालय खोल्न हल उपलब्ध गराउनु भएको र आजको खाजा प्रदान गर्नु भएकोमा धेरै धन्यवाद ज्ञापन गर्दै सम्मान गरियो।

कार्यक्रमको उद्घाटन उपसंयोजक पदमलाल खरेलले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव देवेन्द्र कैदी पुरुषले कार्यक्रम सञ्चालन गर्नुभयो। सभापति भुसालले आजको उत्साहजनक उपस्थितिलाई सम्बोधन गर्दै आगामी दिनमा सदस्यता कसरी बनाउने भन्ने विषयमा जानकारी दिनुभयो।

साथै बुटवल-भैरहवा ब्लब्स सञ्चालनका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिइयो।

स्कटल्यान्डबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोधको विषयमा पनि जानकारी गराइयो। करिब ५०० हस्ताक्षर संकलन गरी नेपाल पठाइएको र अन्य हस्ताक्षर संकलन गर्ने काम जारी रहेको बताइयो।

एडिनबर्गको कोशी रेस्टुरेन्टका सञ्चालक वसन्त खरेलले एक वर्षमा १२ वटा कार्यक्रम गर्न हल उपलब्ध गराउनु भएकोमा धन्यवाद ज्ञापन गरियो। कार्यक्रममा प्रमुख अतिथिहरूले आफ्नो सकारात्मक विचार व्यक्त गरे ।

 

धेरै पढिएको