१३ असार २०८१, बुधबार
Follow Us

एनआरएनए स्वास्थ्य सम्मेलन: अविष्कार केन्द्रका महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने

नेपालब्रिटेन डट कम्
१३ असार २०७९, सोमबार ०२:४५

लन्डन । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आवस्किार केन्द्रका प्रमुख महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

अस्ट्रेलियाको सिड्नी शहरमा आयोजना हुने सो सम्मेलनको तयारी बैठकमा आइतवार समितिका अध्यक्ष डा. संजिव सापकोटाको अध्यक्षामा सम्पन्न भएको छ । बैठकले सम्मेलनको तयारीका बारेमा समीक्षा गर्नुका साथै सुझाव संकलन समेतको काम गरेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डा. सापकोटाले स्वास्थ्य समितिको आयोजनामा हुने सो सम्मेलनमा भाग लिन विश्वभरका स्वास्थ्यकर्मी उत्साहित रहेको बताए । सापकोटाले सम्मेलनमा नेपालको स्वास्थ्यमन्त्रीलगायत अष्टे«लिया सरकारको तर्फबाट उच्चअधिकारीहरुले भाग लिने जानकारी दिए ।

बैठकमा डा. राजु अधिकारीले सिड्नी सम्मेलनको लागि अवश्यक तयारीको बारेमा जानकारी गराएका थिए । उनले सम्मेलनमा भाग लिन चाहनेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि हुदै गएको बताए ।

यस्तै स्वास्थ्य समिति युरोपका संयोजक बोधराज सुवेदीले सम्मेलनमा भाग लिन चाहने अनुसन्धानकर्ताहरुलाई समयमै आवश्यक जानकारीहरु पठाउनु पर्नेमा जोड दिए ।

बैठकमा समितिका सदस्य सचिव डा. सुनिल शाहले अष्ट्रेलिया र बेलायतमा कार्यरत चिकित्सकहरुबीच एक संजालको स्थापना गरि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सम्मेलनमा नेपाली चिकित्सक र अनुसन्धानकर्ताहरुको सहभागितामा जोड दिए ।

बैठकमा नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा। शिव प्रसाद श्रेष्ठले नेपाल चिकित्सक संघका सदस्यहरुलाई समेत सम्मेलनमा भाग लिन प्रोत्सान गरिने जानकारी दिए । बैठकमा डा. सुहेल सापकोटाले हाल सम्म ३१ जना चिकित्सकहरुले सो सम्मेलनमा भाग लिन आफ्नो नाम दर्ता गरेको जानकार गराए । बैठकमा डा. पुष्पराज भट्टराईले अफ्रिका क्षेत्रमा रहेका नेपाली चिकित्सकहरु सम्मेलनमा भाग दिन उत्साहित रहेको बताए ।

बैठकको संयोजन डा. सागर पौडेलले गरेका थिए । बैठकमा एनआरएनए स्वास्थ्य समितिका सदस्य, चिकित्सक, पत्रकार लगायतको उपस्थिति थियो ।