१६ असार २०८१, शनिबार
Follow Us

जंगली च्याउ खाँदा एकैगाउँका १९ जना बिरामी

नेपालब्रिटेन संवाददाता
१६ असार २०७९, बिहीबार ०५:१०

काठमाडौँ । जंगली च्याउ खाँदा बुटवलमा एकैगाउँका १९ जना बिरामी भएका छन् । उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामी हुनेमा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस भएका थिए ।