१६ असार २०८१, शनिबार
Follow Us

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
२१ असार २०७९, मंगलवार ०४:४२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न डाकिएको बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ ।

बैठकमा यही असार २७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डामाथि पनि छलफल हुने छ । यस्तै, स्थानीय तह निर्वाचनको समिक्षा र भ्रातृ संस्थाहरुको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरु तथा संसदीय बोर्ड गठनमा बेवास्ता गरेको भन्दै संस्थापन ईतर पक्षले छुट्टै भेला गर्ने अवस्था आएपछि बल्ल पदाधिकारी बैठक डाकिएको हो ।