१८ असार २०८१, सोमबार
Follow Us

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

नेपालब्रिटेन संवाददाता
२५ असार २०७९, शनिबार ०५:५६

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् ।

बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको समीक्षा हुनुका साथै पोलिटब्युरो चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ । पदाधिकारी चयनबारे पनि आजको बैठकमा छलफल हुने भएको छ ।